काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।
चेन्नईका सञ्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाए । अंक तालिकामा चेन्नई १० खेलमा १० अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने दिल्ली समान १० खेलमा ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा बुधबार बेलुका पौने ८ बजे सनराईजर्स हैदरावाद र पञ्जाव किङ्ग्सले खेल्दैछन् ।




प्रतिक्रिया