आईपीएल : लखनउद्वारा बङलुरु ९ रनले पराजित, आज दिल्ली र कोलकाता खेल्दै

आईपीएल : लखनउद्वारा बङलुरु ९ रनले पराजित, आज दिल्ली र कोलकाता खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ ।

पानी परेपछि डिएलएस पद्धतिअनुसार १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो । २१० रनको लक्ष्य पछ्याएको बङलुरुले ६ विकेट गुमाएर २०३ रनमात्र बनाउन सक्यो । लखनउको जितमा मिचेल मार्शले ५६ बलमा १११ रन बनाए । त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले १० बलमा ३२ रनको उत्कृष्ट ब्याटिङ गरे ।

बङलुरु १० खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनउ समान खेलमा ६ अङ्कका साथ तालिकाको पुछारमा छ ।

आईपीएलमा शुक्रबार बेलुकी पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन् ।