एनपीएलको अक्सन आज

एनपीएलको अक्सन आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि सोमबार अक्सन हुँदै छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी राख्न पाउने छन् । त्यसैगरी अक्सनबाट अन्तिम सूचीमा रहेका १५५ मध्ये ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् ।

अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गरेकामा १५५ जना अन्तिम सूचीमा अटाएका हुन् । अन्तिम सूचीमा परेका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ ।

अक्सन लागि श्रेणी ‘ए’मा पाँच, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी छन् । अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ । काठमाडौं गोर्खाजसँग सबैभन्दा कम मात्र ३४ लाख रुपैयाँ बाँकी छ ।

एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणमा जनकपुर र दोस्रो संस्करणमा लुम्बिनी च्याम्पियन बनेका थिए ।