आईपीएल : राजस्थानमाथि चेन्नईको जित, कप्तान धोनी र अम्बातीको अर्धशतक


एजेन्सी – जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा शीर्ष टोली चेन्नई सुपर किंग्सले छैटौं जित निकालेको छ । बिहिबार राति भएको खेलमा चेन्नईले घरेलु टोली राजस्थान रोयल्सलाई चार विकेटले हरायो । लिगमा चेन्नईको यो छैटौं जित हो ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा १५२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ खेले । चेन्नाईको २४ रन हुँदा चार विकेट पतन भइसकेको थियो । कप्तान धोनीले ४३ बलमा ५८ रन बनाए र रायडुले ५७ रन बनाए ।

मिचेल स्टाननरले अविजित १० र रविचन्द्र आश्विनले अविजित नौ रन बनाए । बलिङमा राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरान सनत विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन बनाए ।

जोस बट्लरले २३, श्रेयस गोपालले अविजित १९, रियन परागले १६, स्टिभ स्मिथले १५, कप्तान अजिंका रहानेले १४ र जोफ्रा आर्चरले अविजित १३ रन बनाए ।

बलिङमा चेन्नईका रविचन्द्र आश्विन, सार्दुल ठाकुर र दिपक चाहरले समान दुई दुई विकेट लिए । जितसँगै चेन्नईले सात खेलबाट १२ अंक जोडेको छ । राजस्थानको जम्मा दुई अंक छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement