आईपीएल : राहुल र मायांकको अर्धशतक, हैदरावाद पराजित


एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जावले चौथो जित हात पारेको छ । सोमबार राति भएको खेलमा पन्जावले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो ।

लोकेश राहुल र मायांक अग्रवाल चम्किएपछि चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको एक सय ५१ रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।

पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ खेले । राहुलले अविजित ७१ रन बनाए । मायांकाले ५५ रन बनाए । क्रिस गेलले १६ रन बनाएका थिए । बलिङमा हैदरावादका सन्दीप शर्माले दुई विकेट लिए । राशिद खान र सिद्धार्थ काउलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । विजय शंकरले २६, मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए ।

बलिङमा पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले एक एक विकेट लिए । यस जितसँगै पन्जाबले ६ खेलबाट अठ अंक जोड्दै तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको हैदरावादले ६ खेलबाट ६ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement