खेलकुद

आईपीएलको फाइनल आज, कसले मार्ला बाजि ?

काठमाडौं – इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि फाइनल आज हुँदैछ ।

Dish Home

१२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । उपाधि कुन टिमले जित्ला रु अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् ।

तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।

प्लेअफको पहिलो क्यालिफयरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो यता, चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top