कला र मनोरञ्जन

को हुन् आईपीएलमा भाइरल भएकी सुन्दर युवती अदिति हुन्दिया ?

एजेन्सी – इण्डियन प्रिमियर लिग (आईपीएल) रोमाञ्चक क्रिकेटका लागि मात्र नभई आफ्नो ग्ल्यामरका लागि पनि उत्तिकै चर्चित रहेको छ । भर्खरै मात्र सम्पन्न १२ सिजनको पाइनलले दर्शकलाई अन्तिम बलसम्मै रोमाञ्च प्रदान गर्‍यो ।

यसक्रममा अन्तिम बलसम्मको खेलमात्र रोमाञ्चक रहेन । मुम्बई ईन्डियन्सलाई समर्थन गर्दै क्रिकेट हेर्न एक युवतीले पनि लाइमलाइट आफूतर्फ आक्रषित गर्न सफल रहिन् । टेलिभिजन लाइभका दौरान उनी पटक–पटक टेलिभिजन स्क्रिनमा देखिइन् ।

फलस्वरूप फाइनल खेलसँगै उनको पनि चर्चा भयो । यी सुन्दरीको नाम अदिति हुन्दिया हो । पेसाले उनी मोडल हुन भने उनले एक सुन्दरी प्रतियोगितामाको उपाधिमा कब्जा पनि जमाइसकेकी छन् ।

उनी मिस सुपरानेशनल इन्डिया–२०१८ की ताज विजेता हुन् । यसै उपाधि विजेताका रूपमा उनले केहि अन्तराष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्वसमेत गरेकी छन् ।

उनी मिस इण्डिया–२०१७ मा मिस राजस्थानका रूपमा प्रतियोगी समेत बनेकी थिइन् । यसैगरी फाइनलमा मुम्बई ईण्डियन्सलाई समर्थन गरेपनि उनी विराट कोहली र महेन्द्र सिंह धोनीको फ्यान हुन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top