आज नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने अन्तिम दिन, पर्‍यो ११ गुणा बढी आवेदन

आज नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने अन्तिम दिन, पर्‍यो ११ गुणा बढी आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीलेले फागुन ११ गतेदेखि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

हालसम्म कम्पनीको आइपीओमा ११ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन भएकोमा अहिलेसम्म २ करोड ४ लाख १ हजार ९२० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।