सर्वसाधारणका लागि खुल्यो टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ

सर्वसाधारणका लागि खुल्यो टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (बुधबार) देखि टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ खुला भएको छ ।

दोसो चरणमा कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रूपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रूपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रूपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता बाँडफाँट गरिसकेको छ।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताहरूले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन्।उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ६ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।