वैशाख १६ गतदेखि ६ कम्पनीकाे आईपीओ खुल्दै, कुनकाे कति कित्ता ?

वैशाख १६ गतदेखि ६ कम्पनीकाे आईपीओ खुल्दै, कुनकाे कति कित्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वैशाख १६ गतेदेखि धमाधम आईपीओ निष्कासन हुने भएका छन् । वैशाख १६ गतेदेखि लगातार ६ वटा कम्पनीले आईपीओ जारी गर्न लागेका हुन् । जसमा वैदेशिक रोजगारी, स्थानिय र सर्वसाधारणका लागि विभिन्न सेक्टरका ६ कम्पनीले आईपीओ जारी गर्दैछन् ।

सर्वसाधारणका लागि

वैशाख १६ गते याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्नेछ ।यसमा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म, न्यूनतम १० देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

वैशाख २३ गते टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ जारी गर्नेछ ।

यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रूपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रूपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

वैशाख २९ गतेदेखि स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

वैदेशिक रोजगारी र स्थानीयका लागि

वैशाख १६ गतेदेखि एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणको आईपीओ जारी गदैं छ । यसमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७९ हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न स्वीकृति पाएको छ।

वैशाख १७ गतेदेखि माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्दै छ ।

प्रतिकित्ता १०० रुपैयाँका दरले सोलु दूधकुण्ड नगरपालिकाका स्थानियका लागि ६ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार कित्ता आईपीओ जारी गर्नेछ । यसमा वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म आवेदन दिन सकिन्छ ।

वैशाख २१ गतेदेखि सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ ल्याउँदैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८५ हजार कित्ता आईपीओ जारी गर्नेछ ।यसमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

लगानीकर्ताले मेरो शेयर मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सक्ने छन्।