आइपिएस तालिम : ‘सोर्ड अफ अनर’ को उपाधि प्रहरी निरीक्षक कृष्ण खड्कालाई


काठमाडौं – भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको आइपिएस १३ महिने लामो तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन् ।

आउट डोर विधामा भएको उक्त तालिममा प्रहरी निरीक्षक खड्कासहित ५ जना सहभागी भएका थिए । खड्कासहित प्रहरी निरीक्षक बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी भएका थिए । भुटान, माल्दिभ्स, भारत र नेपाल गरी तालिममा १ सय ३ जनाको सहभागीता रहेको थियो ।

यस्तै तालिममा यसअघि नेपाल प्रहरीका प्रहरी निरीक्षक रद्यु सिंह विष्ट र राजेशराज पुरी उत्कृष्ट भएका थिए । उत्कृष्ट हुने खड्का २०७२ सालका ब्याजी हुन् । तालिममा अवसर हुने मौका पाएकोमा खुसी ब्यक्त गर्दै प्रहरी निरीक्षक खड्काले धेरै कुरा सिक्ने अवसर पाएको र संगठनको नाम पनि राख्न सफल भएको बताए । उत्कृष्ट भएका खड्कालाई भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement