इराकमा सरकार बिरोधी प्रदर्शन उत्कर्षमा, २ सय ५० भन्दा बढीको मृत्यु


काठमाडौं – इराकमा गत अक्टोबर १ देखि शुरु भएको सरकार बिरोधी प्रदर्शन चरम उत्कर्षमा पुगेको छ । प्रदर्शनकारीहरुले राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनकारीले ठाउँ–ठाउँमा टायर बालेर बिरोध गरेका छन् । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, बेराजगारलाई रोजगारी दिनुपर्ने र सरकारको राजीनामाको माग गर्दै प्रदर्शकारीहरु सडकमा निस्किएका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच प्रदर्शनलाई मत्थर पार्न सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । इराकी राष्ट्रपतिले प्रधानमन्त्रीको राजीनामा आउने भन्दै प्रदर्शन मत्थर पार्ने प्रयास गरेपनि बग्दादका सडकहरु शान्त हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement