इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने

इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ । आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने पुष्टि गर्दै इरानी प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने जनाइएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा विद्यमान एमओयूको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको स्पष्ट पारेको तसनीम समाचार एजेन्सीले जनाएको छ ।

इरान सम्झौता कार्यन्वयनमा प्रतिवद्ध रहको विषयमा जोड दिदै बाघाईले इरानको एक विशेषज्ञ प्रतिनिधिमण्डल यस हप्ता कतारको दोहामा पठाइने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा मंगलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरे पछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतारको दोहा जाँदै गर्दा उनको यस्तो टिप्पणी आएको हो ।

सम्झौता अनुरुप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै, बाघाईले इरानले सम्झौताको अनुच्छेद –११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताएका छन् ।

अमेरिकी प्रतिनिधिहरूद्वारा कतारको भ्रमण इरानी प्रतिनिधिमण्डलको कार्यभारसँग पूर्ण रूपमा असम्बन्धित भएको भन्दै बाघाईले यो समयमा थप कूटनीतिक कार्यक्रमहरू गर्ने बारे भएको अनुमानलाई अस्वीकार गरेका छन् ।