अमेरिकासँगको समस्या तत्कालको वार्ताबाट समाधान हुँदैन् : अयातुल्लाह अली


तेहरान – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले संयुक्त राज्य अमेरिकासँगको देशको समस्या तत्कालको वार्ताबाट समाधान नहुने बताएका छन् ।

इरानको बासिज स्वयम्सेवक बलका सदस्यलाई सम्बोधन गर्दै खामेनीले तेहरान र विश्वशक्ति राष्ट्रबीच सन् २०१५ मा भएको आणविक सम्झौताको ढाँचा अन्तर्गत संयुक्त राज्य अमेरिकाले इरानको आणविक गतिविधिमा कटौती गरेको बदलामा प्रतिबन्ध हटाउन सहमत भएको थियो ।

उनले भने, “अमेरिकाले विश्व शक्तिराष्ट्रसहित इरानसँग गरेका प्रतिबद्धता त्यागेको छ । यस अवस्थामा वासिङ्टनसँग वार्ता निरर्थक छ भन्ने बुझ्न सकिन्छ ।” सन् २०१८ मा औपचारिकरूपमा ‘बृहत् संयुत्त कार्ययोजनाको नामले चिनिने आणविक सम्झौताबाट अमेरिका बाहिरिनु र इरानमाथि पुनःप्रतिबन्ध लगाएपछि इरानले सम्झौताअन्तर्गतका आफ्ना केही आणविक प्रतिबद्धता घटाउन प्रेरित गरेको थियो ।

अप्रिल २०२१ मा, सम्झौताको पुनःउत्थानको लागि भियनामा वार्ता शुरु भएपनि यसले अगष्टको सुरुसम्म खासै प्रगति गर्न सकेको थिएन । उक्त वार्तालाई अगस्टमा सार्थकरूप दिने भनी पुन : थालिए पनि अमेरिका र इरान आ–आफ्ना अडानबाट पछि नहटेपछि पछिल्लो चरणको वार्तामा पनि कुनै उपलब्धि हासिल हुन सकेन ।

संयुक्त राज्य अमेरिकाले पहिले इरानलाई २० प्रतिशत युरेनियम सम्वद्र्धन रोक्न, त्यसपछि ५ प्रतिशत युरेनियम संवद्र्धन रोक्न आग्रह गरेको र त्यसपछि तेहरानले आफ्नो सम्पूर्ण आणविक उद्योग बन्द गरोस् भन्ने चाहेको तर यो असम्भव भएको खामेनीले दावी गरे।

खामेनीले भने, “एकपक्षीयरूपमा अमेरिकालाई फाइदा हुनेगरी इरानले वार्ता गर्न सम्भव छैन । यस प्रकारको वार्ताबाट निष्कर्ष निस्कँदैन ।”-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement