इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले गरिन् देश छाड्ने घोषणा


एजेन्सी – इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले देश छाड्ने घोषणा गरेकी छन् ।

२१ वर्षिया किमिया अलिजादेहले सामाजिक संजालमा एक पोस्ट गर्दै आफू इरानमा सताइएका लाखौं इरानी महिलामध्ये एक भएको बताउँँदै इरानको पाखण्ड, झुठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न नचाहेकाले देश छाड्न लागेको उल्लेख गरेकी छन् ।

हाल उनी कहाँ छिन् भन्ने कुरा उनले उल्लेख गरेकी छैनन् । इरानी मिडियाहरुले उनी यतीबेला प्रशिक्षणका क्रममा नेदरल्याण्डमा हुन सक्ने बताएका छन् । उनले इरानी अधिकारीहरू उनको सफलतालाई ‘प्रोपागान्डा’का लागि प्रयोग गरेको आरोप लगाएकी छन् ।

उनले रियो दि जेनेरियोमा सन् २०१६ मा भएको ओलम्पिकमा तेक्वान्दोबाट कांस्य पदक जित्दै इरानमा इतिहास बनाएकी थिइन् । इरानमा सरकार विरोध प्रदर्शन शुरु भएको बेला किमियाको यो फैसला आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement