इजरायलबाट फर्कन ८८५ जना नेपालीले टिपाए नाम, इरानमा रहेका ११ जना भोलि भारत आइपुग्ने

इजरायलबाट फर्कन ८८५ जना नेपालीले टिपाए नाम, इरानमा रहेका ११ जना भोलि भारत आइपुग्ने


काठमाण्डु– इरानमा रहेका १६ जना नेपालीहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु भएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त जानकारी दिएकी हुन् ।

उनले नेपाली फर्काउन भारतको सहयोग मागेको समेत बताइन्। ११ जना नेपाली मसाद भन्ने ठाउँमा पुगेको र भोलिसम्म भारत आइपुग्ने समेत मन्त्री राणाले जानकारी दिइन्।

यस्तै देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिइन् ।

उनले भनिन् ‘इरानमा रहेका १६ जना नेपालीहरूलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकोमा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रकृया सुरू भएको छ,’ बाँकी ५ जना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रकृया पूरा गरी स्वदेश फर्काउन मन्त्रालयले नेपाली राजदूतावास, दोहा मार्फत पहल गरिरहेको छ।’

११ जना नेपाली मसाद भन्ने ठाउँमा पुगेको र भोलिसम्म भारत आइपुग्ने समेत मन्त्री राणाले जानकारी दिइन्।

‘जुन १७ बाट अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन सुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ,’अबको एकरदुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ । त्यसपछि विश्वभरी रहेका जतिपनि नेपाली नागरिकहरू हुनुहुन्छ ।’ परराष्ट्रमन्त्री राणाले भनिन् ।