इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार हुने


एजेन्सी – इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसदले बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने भएको हो । इराकी सभामुख मोहमद अल हलबोसीले मङ्गलबारको संसद बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका हुन् ।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ ।

सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुदै आएका छन् । इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रही आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement