आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य


काठमाण्डु – आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई २२३ रनको लक्ष्य दिएको छ ।

शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको हो ।

आयरल्याण्ड वुल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement