संवेदनशील विषयमा प्रधानमन्त्रीकाे गैरजिम्मेवार टिप्पणी : आरेन राई

संवेदनशील विषयमा प्रधानमन्त्रीकाे गैरजिम्मेवार टिप्पणी : आरेन राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले संवेदनशील विषयमा गैरजिम्मेवार टिप्पणी गरेको आरोप लगाएका हुन् । उनले यसलाई राष्ट्रहितविपरीतको कदम भनेका छन्। प्रधानमन्त्रीले कमजोर अभिव्यक्ति दिएको र भूमि सम्बन्धी विवादमा असान्दर्भिक टिप्पणी गरेको बताए ।

उनले भने, ‘यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आत्मग्लानि भइरहेको छ ।’ भारतले हाम्रो मिचिएको भनेको भुमी मागे कुन भुमी दिने ?