इजरायली सेनासँग भएको झडपमा एक प्यालेस्टिनीको मृत्यु


जेरुसेलम – उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाका प्रवक्ताले उत्तरपूर्वी शहर नाब्लुसको ताम्मुनमा झडपको भएको पुष्टि गर्नु भएको छ ।

तर मानवीय क्षतिको विषयमा भने आफूलाई जानकारी नभएको बताए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिएका व्यक्तिको नाम मोहमद बिशारात भएको र उनी २१ वर्षको भएको पुष्टि गरेको छ । इजराली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि उनको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement