उसले मलाई आँखाले नै बलात्कार गरिरह्यो : ईशा गुप्ता


एजेन्सी – बलिउडकी चर्चित नायिका ईशा गुप्ताले आफुलाई एक होटल मालिकले बलात्कार गरेको आरोप लगाएकी छन् ।

शनिवार ईशाले होटल मालिक रोहित विजले आफुलाई आँखाले बलात्कार गरेको भन्दै आफुमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।

शुक्रबार उनको नयाँ फिल्म ‘वान डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले सामाजिक सञ्जाल ट्विटरमार्फत ट्वीट गर्र्दै यस्तो आरोप लगाएकी हुन् ।

उनले लेखेकी छिन, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छु भने अरु महिलाहरुको हालत कस्तो होला ? यहाँ सम्म कि मसँग दुईजना सेक्युरिटी गार्ड थिए तर मैले यस्तो महसुस गरे कि उसले आँखाले नै मलाई बलात्कार गरिरहेको छ ।’

उनले यस्ता व्यक्तिहरुलाई संस्कार सिकाउन आवश्यकता भएको भन्दै अगाडि लेखेकी छिन्, ‘रोहिज विज जस्ता मानिसहरुका कारण नै महिलाहरु आफूलाई कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनन् । तिमी आफ्ना आँखासँगै मेरो नजिक थियौँ र तिमीले मलाई घुर्नु नै काफी थियो ।’ उनले लेखेकी छिन, ‘केहि मानिसहरु एकदमै असभ्य हुन्छन, लाग्छ उनीहरुलाई थाहा नै छैन अपरिचित मानिसहरुसँग कसरी व्यवहार गर्ने भनेर ।’

https://twitter.com/eshagupta2811/status/1147396866570620928

प्रतिक्रिया दिनुहोस
Advertisement