सेनाको हेलिकोप्टरबाट कालापानी क्षेत्र निरीक्षण गरेर फर्किए रक्षामन्त्री पोखरेल


दार्चुला – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र निरीक्षण गरेर फर्किएका छन् । उनी सोमबार दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेर फर्किएका हुन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुकोे टोलीले कालापानी क्षेत्रको अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पछि हेलीकप्टरबाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौड्यालले जानकारी दिए ।
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement