भारतलाई रक्षामन्त्रीको चेतावनीः हामी कसैको अपमान सहन्नौं !


काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीलाई अपमान नगर्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मन्त्री पोखरेलले भारतलाई संकेत गर्दै नेपालीहरुले कसैको पनि अपमान नसहने चेतावनी दिएका हुन । उनले नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन खोजे नेपालीहरूले कदापि नसहने चेतावनी दिएका हुन् ।

‘हामी कसैमाथि असमान÷अपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं । नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन । अपमान गर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित बनिरहौं’, उनले भने ।

सरकारले बुधबार भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेको छ । यसलाई भारतले अस्वीकार गरेको छ । पछिल्लो समय नेपाल र भारतबीच सीमानाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement