नेकपाभित्रको विवादबारे बोले रक्षामन्त्री पोखरेल


काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न स्थायी कमिटी बैठक जारी रहेको बताएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली गुटका मन्त्री पोखरेलले जनताको मन अमिलो पार्ने गरी भइरहेका कामका विरुद्ध पार्टी एकतालाई सुद्धउड बनाउन बैठक जारी रहेको बताएका हुन् ।

‘पद्धतिको सीमा मिचेर, जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी’, उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement