ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको अध्यक्षमा नियुक्त


काठमाण्डु – सरकारले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको छ । सोमबार मन्त्रीस्तरिय निर्णयबाट कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो ।

बैंकका हालका अध्यक्ष निर्मलहरि अधिकारी राजश्व बोर्डमा सरुवा भएपछि बैंकको अध्यक्ष पद खाली थियो । कोइरालालाई बैंकको अध्यक्षमा नियुक्त गर्न सञ्चालकमा नियुक्त गरिएको हो ।

कोइराला उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धीसमेत हुन् । कोइरालालाई अध्यक्ष बनाउने मन्त्री पोखरेलले लबिङ गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement