महासचिव पोखरेल र स्वीजरल्याण्डकी राजदूतबीच भेटवार्ता


काठमाण्डु – नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ ।

नेकपा (एमाले)केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिएका छन् ।

उपप्रधानमन्त्री रहेको बेला पोखरेलको पहलमा स्वीजरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

राजदूत क्यापीलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement