काठमाण्डु-एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादी केन्द्रको साथ नलिने सर्तमा कांग्रेस र एमालेबीच गठबन्धन बनेको बताएका छन् ।
कतारको दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनमा बोल्दै पोखरेलले प्रचण्डको चुलबुले चरित्रका कारण एमाले–माओवादी केन्द्रको सरकार ढलेको बताए ।
‘हाम्रो सरकार प्रचण्डकै बेइमानीकै कारण ढलेको हो,’ उनले भने ।
राजनीतिक स्थापयत्वका लागि कांग्रेससँग मिलेर एमालेले सरकार बनाएको उल्लेख गर्दै भने, ‘यो देशमा हुँदा हुँदा २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको हो ।’
प्रतिक्रिया