रक्षामन्त्री पोख्रेलले स्वीकृत गरे नेपाली र भारतीय सेनाबीचको महत्वपूर्ण फाइल


काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलले पदभारग्रहण गरे लगत्तै नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा पुग्दा उनलाई प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए।

रक्षामन्त्री पोखरेल एमालेका महासचिव एवं काठमाडौं ५ बाट नवनिर्वाचित सांसद हुन्।  उनी ०५४ बाट एमाले स्थायी समितिमा चयन भए भने ०६० मा पार्टी संगठन विभाग प्रमुख भए। ०६१ सालमा उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

पोखरेल ०६५ सालको एमाले महाधिवेशनबाट महासचिवमा चयन भए। ०६४ र ०७० सालका दुवै संविधानसभा निर्वाचनमा कांग्रेस नेता नरहरी आचार्यसंग पराजित पोखरेल प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने सोहि क्षेत्रबाट विजयी भए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement