आईएसआईएस भन्दा खतरनाक तालिबानी आक्रमण !


वासिङटन – गत वर्ष तालिबानले गरेको आक्रमण अन्य कुनै समूहले गरेको भन्दा डर लाग्दो भएको एक अन्तर्रा्ष्ट्रिय थिंक ट्यांकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

२०१९ को ग्लोबल टेरोरिजम इन्डेक्सले यो सैन्य समूहले गत वर्ष आईएसआईएसले भन्दा बढी मानिसको ज्यान लिएको उल्लेख गरेको छ ।

यद्यपि २०१८ मा आतंकवादबाट मृत्यू हुनेको संख्यामा भने गिरावट आएको रिपोर्टमा उल्लेख गरिएको छ । गत वर्ष आतंकवादबाट ७१ मुलुकमा कम्तीमा पनि एकको ज्यान गएको उल्लेख छ ।

आतंकवादबाट अफगानिस्तान सर्वा्धिक प्रभावित भएको थियो । यो मुलुकमा ७ हजार भन्दा बढी मानिसको आतंकवादबाट ज्यान गएको थियो ।

यो सूचीले विश्वव्यापी रुपमा चरमपन्थीको तीव्र वृद्धि भएको उल्लेख गरेको छ । विशेषगरी युरोप र उत्तर अमेरिकामा यो अवस्था देखिएको छ । इन्सटिच्यूट फर इकोनोमिक्स एन्ड पीसले यो रिपोर्ट तयार पारेको हो ।

संस्थाका कार्यकारी अध्यक्ष स्टिभ किलेलीका अनुसार आतंकवादबाट विश्वव्यापी रुपमा मृत्यू हुनेमा तालिबानको ३८ प्रतिशतको हिस्सा रहेको बताए । हाल यो आतंकवादी संस्था अफगानिस्तानबाट चल्दै आएको छ ।

गत वर्ष यो समूहले ६ हजार १०३ को ज्यान लिएको थियो । यो अघिल्लो वर्षको तुलनामा ७१ प्रतिशतले बढी भएको सूचीले देखाएको छ । आक्रमणको संख्यामा वृद्धि भएर ९७२ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement