इजरायल, इरान लगायत मध्यपूर्वका देशमा पूर्ववत् जान सकिने

इजरायल, इरान लगायत मध्यपूर्वका देशमा पूर्ववत् जान सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायल र इरान लगायत मध्यपूर्वका अरू देशहरुमा पहिलाको जस्तै जान सकिने भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरी पूर्ववत रूपमा ती देशहरुको यात्रा गर्न सकिने जनाएको हो ।

इजरायल र इरानबीचको द्वन्द्वका कारण सरकारले ती देशमा रहेका नेपाली नागरिक तथा नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरू देशहरुको भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकलाई लक्षित गर्दै यही असार ४ गते यात्रा सम्बन्धी जानकारी (ट्राभल एड्भाइजरी) जारी गरेको थियो ।

द्वन्द्वरत दुवै पक्षबीच युद्धविराम भएको र अहिले त्यहाँ क्रमसः शान्ति बहाली भई जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी प्राप्त भएकोले प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरुको पालना गरी पूर्ववत रूपमा ती देशहरुको यात्रा गर्न सकिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।