प्यालेस्टाईन–इजरायल युद्धः रकेटले भरियो इजरायलका आकाश (तस्बीरमा हेर्नुहोस्)


एजेन्सी – प्यालेस्टाईन आतंकवादी समूह र इजरायलबीच रकेट प्रहार भइरहेका छन् । प्यालेस्टाईनीहरुले बिहीबार इजरायलको व्यावासायिक केन्द्रमा ठूलो संखयामा रकेट प्रहार गरेका छन् ।

इजरायलले पनि गाजा क्षेत्रमा बम बिष्फोटको अभियान जारी राखेको छ । प्यालेस्टाईनले प्रहार गरेका रकेट इजरायलले आकाशमै निष्कृय पार्ने प्रयास गरिरहेको छ । भने कतिपय रकेट बस्तीमा विष्फोट भइरहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अभियानलाई अझ बढी शसक्त बनाउने घोषणा गरेका छन् । इजरायली अधिकारीहरूले गाजाको सत्तारूढ हमास समूहलाई युद्धविराम अघि कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

चार दिनको समयमा गाजामा कम्तिमा १०७ भन्दा बढी मानिसहरुको मृत्यु भएको बताइएको छ । जसमा २७ जना बालबालिका पनि परेका छन् ।

लेबनानबाट इजरायलतर्फ तीनवटा रकेट प्रहार गरिएको बताइएको छ । तर, भूमध्यसागरमा निष्कृय पारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement