१२ वर्षपछि सत्ताबाट बाहिरिए इजरायली प्रधानमन्त्री नेतान्याहू


एजेन्सी – इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिएका छन् । संसदमा भएको मतदानमा गठबन्धन सरकारका पक्षमा बढी मत खसेपछि उनी सत्ताबाट बाहिरिएका हुन् ।

मतदानमा नेतान्याहुको पक्षमा ५९ र विपक्षी गठनबन्धनले ६० मत खसेको थियो । योसँगै प्रजातन्त्रवादी समूहका नाफताली बेनेटले आगामी सरकारको नेतृत्व गर्ने भएका छन् ।

विपक्षी गठनबन्धनका तर्फबाट १ मत अन्तरले बेनेट प्रधानमन्त्रीका लागि सिफारिस भएका हुन् । विपक्षी गठबन्धनका बेनेट सन् २०२३ सेप्टेम्बरसम्म प्रधानमन्त्री रहने सत्ता साझेदारबीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement