सरकारविरुद्ध सडकमा उत्रिए इजरायली नागरिक


काठमाण्डु – आतंककारी संगठन हमास र इजरायलबीच जारी युद्धबीच इजरायली नागरिक सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन् ।

हमासले अपहरण गरेका आफन्तलाई रिहा गराउनुपर्ने माग गर्दै इजरायली नागरिकले आफ्नै सरकारविरुद्ध सडक प्रदर्शन गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी तेल अभिभमा गरिएको प्रदर्शनका क्रममा स्थानीय नागरिकले भनेका छन्, ‘हाम्रो जिन्दगी नर्क भएको छ, कसैसँग सम्पर्क हुन सकेको छैन ।’

प्रदर्शनकारीका आफन्तहरू २ हप्तादेखि सम्पर्कविहीन छन् । यसरी २०० भन्दा बढी व्यक्तिहरू हमासको नियन्त्रणमा पुगेको हुनसक्ने अनुमान छ । बन्धक रहेका आफन्तलाई छुटाउन प्रदर्शनकारीले माग गरेका छन् ।

हमासले गरेको आक्रमणविरुद्ध इजरायलले गाजामा जवाफी आक्रमण गर्दा २३ लाख प्यालेस्टेनीका घर नष्ट भएका जनाइएको छ । आक्रमणमा ४ हजार १०० बढी नागरिकको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । हमासले इजरायलमाथि आक्रमण गर्दा पनि हजारौं व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement