सैनिक कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिए


एजेन्सी – इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन् ।

विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ । टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ ।

आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि ३० वर्ष उमेर समूहका हुन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सैनिक कारबाहीको लक्ष्य प्यालेस्टिनी बन्दुकधारीहरूको थियो । सशस्त्र प्यालेस्टिनी समूहले हालै एक इजरायली सिपाहीको गोली हानी हत्या गरेको तथा सैनिक केन्द्रमा धेरै पटक आक्रमणको प्रयास गरेको थियो ।

यसैबीच, इजरायली प्रधानमन्त्री यायर ल्यापिडले ‘लायन्स डेन’का नेता वादी हाउ सैनिक कारबाहीमा मारिएका स्थानीय रेडियोलाई बताएका छन् । देशको सुरक्षाका खातिर सैनिक कारबाही जारी रहने उनले स्पष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement