इजरायली राजदूत मेयरले गृहमन्त्री शर्मालाई भेटे


काठमाडौं– नेपालका लागी ईजरायलका राजदुत यारेन मेयरले गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ संग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित भेटवार्तामा द्धिपक्षीय हितका बारेमा छलफल भएको उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा राजदूत मेयरले ईजरालयमा हुन लागेको आतंकबाद सम्बन्धी सम्मेलनमा गृहमन्त्री शर्मालाई निम्तो समेत दिएका छन । मन्त्री शर्माले बाढीको क्षति मुल्यांकन गर्ने काम भैरहेको जानकारी दिदै प्रभावितहरुको स्थायी बसोबासका लागी दिर्घकालीन योजना बनाईने बताए ।

 

राजदुत यारेन मेयरले प्रदेश सभा र संघिय सभाको निर्वाचनको मिती घोषणा भएकोमा खुसी ब्यक्त गरे । नेपाल र ईजरायलको बिचमा लामो समयदेखी मित्रता कायम रहेको उल्लेख गर्दै राजदुत मेयरले प्रदेश सभा र संघिय सभा निर्वाचन सफलताको शुभकामना ब्यक्त गरेका थिए । राजदुत मेयरले पछिल्लो समय आएको बाढी र त्यसले पु¥याएको क्षतीबारे चासो समेत राखेका थिए ।   

प्रतिक्रिया दिनुहोस
Advertisement