चीनद्धारा इजरायल र हमासबीचको द्वन्द्वप्रति चिन्ता व्यक्त


एजेन्सी- चीनले इजरायल र हमासबीचको द्वन्द्वप्रति चिन्ता व्यक्त गरेको छ । चीनले दुई पक्षबीच बढ्दो हिंसा र तनावप्रति ‘अत्यन्त चिन्तित’ रहेको बताएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई शान्ति, धैर्यता कायम राख्न र नागरिकको ज्यान जोगाउन र स्थिति बिग्रन नदिन तत्काल कारबाही रोक्न आग्रह गरेको छ।  चीनले शान्तिको बाटो खोज्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement