इटालीमा १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा, भागे ३ महिना जेल सजाय


एजेन्सी – इटलीमा डेढ करोडभन्दा बढी मानिसलाई १ महिनासम्मका लागि क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरसको संक्रमण व्यापक मात्रामा फैलिन थालेपछि उनीहरुलाई अलग्गै (सुरक्षित स्थान)मा राखिएको इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले जानकारी दिएका छन् ।

कोरोना संक्रमण फैलिएको लोम्बार्डी र वित्तीय क्षेत्र मिलानलगायत स्थानमा गरी १ करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको हो ।

प्रधानमन्त्री कोन्टेका अनुसार उनीहरूलाई आउने अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ ।क्वारेन्टाइनबाट भागे ३ महिना जेल सजाय भोग्नुपर्ने इटली सरकारले घोषणा गरेको छ ।

नयाँ कोरोनाभाइरसको संक्रमणका लागि व्यायामशाला, पौडीपोखरी, संग्रहालय स्कि रिजोर्ट पनि बन्द गरिने बीबीसीले जनाएको छ । युरोपेली मुलुकमध्ये सबैभन्दा बढी इटलीमा कोरोना संक्रमण फैलिएको छ ।

भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहने बताइएको छ । त्यसबाट कूल १ करोड ६० लाख मानिस प्रभावित हुनेछ बीबीसीले उल्लेख गरेको छ । कोभिड–१९ बाट इटलीमा मृत्यु हुनेको संख्या २ सय ३० पुगेको छ भने संक्रमितको संख्या ५ हजा ८८३ पुगेको इटलीको राष्ट्रिय स्वास्थ्य निकायले जानकारी दिएको छ ।

अहिलेसम्म विश्वभरि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३५ सय नाघेको छ भने संक्रमित हुनेको संख्या १ लाख २ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement