५३ वर्षपछि इटालीले उचाल्यो युरोकप २०२० को उपाधि


एजेन्सी – इटालीले युरोकपको उपाधि हात पारेको छ । इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इटालीले सन् १९७६ पछि पहिलोपटक युरोकपको उपाधि हात पारेको हो ।

इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि हात पारेको छ ।

लन्डनस्थित वेम्बली रंगशालामा दुवै टोलीले निर्धारित समयमा १–१ गोलको बराबरीमा खेलेका थिए । उपाधिको टुंगो लगाउन पेनाल्टी सुट आउट गरिएको थियो ।

पेनाल्टीमा इटालीका बेर्नाडेस्थी, मार्को भेराट्टी र बोनुचीले गोल गरेका थिए । यता इंग्ल्याण्डका कप्ता न ह्यारी केन र ह्यारी मगाएर मात्रै गोल गर्न सफल भए ।

रास्फोर्ड, जाडोन सान्चो, बुकायो साका र जोर्गिन्होको प्रहारलाई इटालीका गोल किपरले विफल पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement