जगदम्बा मोटर्सले ल्यायो अपाचे आरटीआर १६० भी नेपाली बजारमा


काठमाण्डु – टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भीको सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको आरटीआर १६० भी दराजमार्फत सिंगल डिस्कमा पनि मंगलबार उपलब्ध गराएको हो ।

नयाँ उत्पादनमा आरटीआर १६० भीमा डबल डिस्कजस्तै सम्पूर्ण फिचर छन् । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ । दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिएलगत्तै नयाँ आरटीआर १६० भी सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमै पहिलोपटक कुनै पनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्ममार्फत गरेको यो पहिलोपटक हो ।

दराजबाट आरटीआर १६० भी मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउनेछन् । दराजमा यो योजना सात दिनका लागि रहनेछ । कम्पनीले आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ तोकेको छ ।

छुटपछि मोटरसाइकल मूल्य २ लाख ५८ हजार ९ सय रुपैयाँ पर्नेछ । आरटीआर १६० भीमा पावर राइडिङका लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स छ । यो बाइक ‘पावर–टु–वेट रेसियो’मा टप स्पिड ११३ किलोमिटर प्रतिघण्टा छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार ४.७३ सेकेन्डमै पूरा गर्छ ।

आरटीआर १६० भीमा रहेको १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन छ । उक्त इन्जिनले १६.५ पीएस पावर ८ हजार आरपीएममा र १४.८ एनएम टर्क ६५ सय आरपीएममा उत्पादन गर्छ ।

यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ । आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध छ । यसलाई कम्पनीले तीन विकल्पमा बजारमा उतारेको छ । जसमा मेटालिक ब्ल्यु, रेसिङ रेड र काइनाइट ब्ल्याक छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement