काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
टेलिभिजनकर्मी खरेल सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री थिए । इमेज टेलिभिजनको सम्पादकका रुपमा कार्यरत रहँदा उनी मन्त्री भएका थिए ।
खरेल २१ फागुनको निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया