जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु


जाजरकोट- नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे। नलगाड-८ का विनोद परियार घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए। ट्याक्टर नम्बर खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
Advertisement