विश्वकै महँगो जेल, एक कैदीको वार्षिक खर्च १ अर्ब ४८ करोड !


वासिङटन – सामान्य रुपमा जब पनि जेलको नाम दिमागमा आउछ तब मनमा कैयौ किसिमका सवाल आउन थाल्छन् । त्यहाँको सुरक्षा, कैदिको खानपिनको व्यवस्था आदी । तर क्यूबामा यस्तो जेल छ जसको बारेमा यी सबै कुरा सोच्नु आवश्यक छैन । किनकी याहाँ एक कैदीका लागिनै अर्बौ रुपैयाँ खर्च हुने गर्छ । यसैले यो जेललाई विश्वकै महँगो जेल मानिन्छ ।

यो जेलको नाम हो ग्वान्टानामो । ग्वान्टानामो खाडीको तटमा रहेकालेनै यो जेलको नाम ग्वान्टानामो राखिएको हो । अमेरिकी अखबार न्यूयोर्क टाइम्सको समाचार अनुसार यो जेलमा ४० कैदी मात्रै रहेका छन् र प्रत्येक कैदीका लागि १ अर्ब ४८करोड रुपैयाँको खर्च हुने गरेको छ ।

यो जेलमा १ हजार ८०० सैनिक तैनाथ रहेका छन् । याहाँ एक कैदीका लागि करिब ४५ सैनिक नियुक्त भएका छन् । सैनिकको खर्च पनि ठूलै छ ।

यी सबै कुरा थाहा पाएपछि यो जेलमा कैदिलाई किन यती धेरै सुरक्षा दिइन्छ भन्ने सवाल उठ्न सक्छ रु याहाँ कैयौ यस्ता अपराधीलाई राखिन्छ, जो अत्यन्त खतरनाक मानिदै आएका छन् ।

मिडिया रिपोर्टका अनुसार सेप्टेम्बर ११ को हमलाका मास्टर माइन्ड खलिद शेख मोहम्मदलाई पनि यसै जेलमा राखिएको छ ।

यो जेलमा तीन भवन, दुई जासुसी मुख्यालय र तीन अस्पताल रहेका छन् । यसका अतिरिक्त याहाँ वकिलका लागि फरक–फरक कम्पाउन्ड बनाइएको छ । जहाँ कैदी उनीसँग कुराकानी गर्छन् ।

यहाँ स्टाफ कैदिका लागि चर्च तथा सिनेमाको व्यवस्था पनि गरिएका छ । अन्य कैदीका लागि खाना र जीम तथा प्ले स्टेशन पनि बनाइएको छ ।

पहिला ग्वान्टानामो खाडीमा अमेरिकी नेभी बेस रहेको थियो । पछि यसलाई हिरासत केन्द्र (डिटेन्सन सेन्टर) बनाइएको हो । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लू बुसले याहाँ एक परिसर बनाए, जहाँ आतंकवादीलाई राखिन्छ । यसलाई क्याम्प एक्स रेको नाम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement