कारागार स्याङ्जामा कार्यरत प्रहरी जवानले आफैलाई हाने गोली


काठमाडौं – कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् ।

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले प्रहरी जवानले डिउटीमै आफैले आफैलाई गोली हानेको पुष्टि गरे। उनले मृतक जवानका विषयमा थप बुझ्ने कार्य भइरहेको जानकारी गराए ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटीमा खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका हुन्।

गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएकोमा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेट सुरक्षामा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement