बालयौन दुराचारको आरोपमा जेल जिवन बिताइरहेका अर्बपतिले गरे जेलभित्रै आत्महत्या


एजेन्सी – बालयौन दुराचारको आरोपमा जेल जिवन बिताइरहेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् ।

अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरे पनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।

एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिहरुलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको छ ।

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले संघीय थुनामै रहेका बखत एप्स्टाइनको मृत्युले आफू स्तब्ध भएको बताए। उनले एक वक्तव्य जारी गर्दै एप्स्टाइनको जेलभित्रै भएको मृत्युले उत्पन्न गरेका सुरक्षासम्बन्धी गम्भीर प्रश्नको उत्तर खोजी गर्नुपर्ने बताएका छन् ।

संघीय कारागारका अनुसार शनिबार बिहान एप्स्टाइनलाई राखिएको कोठाबाट कुनै आवाज नआएपछि जाँच गर्दा उनको मृत्यु भएको पाइएको थियो । तत्कालै अस्पताल पु¥याइएका एप्स्टाइनको मुटुको चाल बन्द भएको भन्दै मृत घोषणा गरिएको थिया् ।

६६ वर्षीय एप्स्टाइनलाई अदालतले पनि जमानत दिन अस्वीकार गरेको थियो । उनले आफू निर्दोश रहेको बताउँदै आएका थिए ।

एप्स्टाइनको जीवन अत्यन्त विलासितापूर्ण रहेको र उनीसँग शक्तिशाली एवं प्रतिष्ठित व्यक्तिहरुको उठबस थियो । उनको सम्बन्ध राजा, राजकुमारी तथा राष्ट्रपतिहरुसँग पनि रहेको विश्वास गरिन्छ ।

उनको क्यारेबियन द्वीपमा १०० एकड निजी जमिनमा भव्य महल हुनुका साथै न्यूयोर्कमा भव्य महल रहेको थियो । एपी

प्रतिक्रिया दिनुहोस
Advertisement