भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गरिने


काठमाण्डु- जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको हो ।

साथै उक्त कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement