जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्ने


काठमाण्डु- अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब  खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको र पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब  खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका हुन् ।

तत्काल अस्थायी आवासका लागि सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि उनकाे भनाइ छ । जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement