डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटका वडाअध्यक्ष पक्राउ


काठमाण्डु- डोरीले बाँधेर एकजना स्थानीय युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।  साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाध्यक्ष नेपालीलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुकाम ल्याइएको बताइएको छ ।

बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।
उनले भने, ‘टाढा भएका कारण विभिन्न इलाका प्रहरीको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो । पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।’

स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको उनले जनाए । वडाध्यक्षले ती युवालाई डोरीले बाँधेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement