जाजरकोटको पहिरोमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो, २ जनाकाे खोजी जारी (तस्बिरहरु)

जाजरकोटको पहिरोमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो, २ जनाकाे खोजी जारी (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा शनिबार साँझ लेदोसहितको पहिरो खसेको थियो ।

पहिरोले पुरेको अवस्थामा ५४ बर्षिया उमा सिँह खत्री र ८३ बर्षिया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।यस्तै घाइते रहेका ५२ बर्षिय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

६२ बर्षिय राम बहादुर शाही, ४५ बर्षिय सिद्धि बहादुर कामी, ५८ बर्षिया कमला कार्की, २३ बर्षिया अनिता कार्की, १० बर्षिय युनिस शाही, ४५ बर्षिया सुन्तली चदरा र ६१ बर्षिया भद्रकला कार्की घाईते भएका छन् ।

घाइतेहरुमध्ये राम बहादुर र भद्रकलाको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगंज र सुर्खेततर्फ पठाइएको छ ।

उक्त पहिरोमा परी वेपत्ता भएकाहरुको खोजीकार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।

यसैगरी ७० बर्षिय भिम बहादुर कार्की र १४ बर्षिय हरिस बि.क. अझै वेपत्ता रहेका छन् । हरिस बि.क. पहिरो पश्चात घरबाट निस्किएकोमा सम्पर्क विहिन भएका हुन् । खोज तथा उद्धारको लागि परिचालित टोलीले उनीहरुकोे खोजीकार्य जारी राखेको छ ।

उक्त पहिरोमा परी सोही ठाउँका ८ वटा घरहरुमा समेत क्षति पुगेको छ ।