एडीबीजस्ता विकास साझेदारसँगको सहकार्य उच्च प्राथमिकतामा छः सरकार

एडीबीजस्ता विकास साझेदारसँगको सहकार्य उच्च प्राथमिकतामा छः सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले जलविद्युत, पूर्वाधार, डिजिटल कनेक्टिभिटी, कृषि र पर्यटनमा लगानी विस्तारको योजना रहेको बताएको छ ।

उज्बेकिस्तानको समरकन्दमा जारी एसियाली विकास बैंक (एडीबी) को ५९औं वार्षिक बैठकमा नेपालले स्थायी सरकार आएसँगै लगानीको सम्भावना बढेको दाबी गरेको छ ।

एडिबीको ‘बोर्ड अफ गभर्नर्स’ बैठकलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह–सचिव डा. धनीराम शर्माले नेपालमा स्थिर र सुधारमुखी सरकार रहेको भन्दै सरकार तीव्र आर्थिक रूपान्तरणका साथै गुणस्तरीय लगानी आकर्षित गर्ने र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने स्पष्ट दिशामा अघि बढेको बताए ।

शर्माले नयाँ राजनीतिक नेतृत्वले एडीबी र अन्य विकास साझेदारहरूसँगको सम्बन्ध थप विश्वसनीय र प्रभावकारी बनाउन चाहेको उल्लेख गरे ।

एनले ठूलो मात्रामा निजी पुँजी परिचालन गर्न सक्ने गरी ‘ब्लेन्डेड फाइनान्स तथा गैरसार्वभौमिक वित्तजस्ता क्षेत्र विस्तार गर्न एडिबीलाई आग्रह गरे । नेपालको जनादेश प्राप्त सरकारले एडीबीजस्ता ठूला बहुपक्षीय विकास साझेदारसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।