समाचार

जलवायु परिवर्तनले धकेलियो हिउँदे झरी

काठमाडौं – मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । भू-मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू-भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।

dish home

अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन् । तर केही वर्षयता हिउँदे झरी हिउँदयामको आखिरीतर्फ धकेलिदै गएको छ । किन यस्तो, भन्ने प्रश्नमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ–‘जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष असरले यस्तो भइरहेको छ, मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस अन्तिम र माघ लागेपछि मात्रै पर्न थालेको छ ।’

काठमाडौ विश्वविद्यालयका आगन्तुक प्राध्यापक समेत रहनु भएका शाक्य विगत डेढ दशकयता नेपाल सहित दक्षिण एसियाली मनसुन र हिउँदे झरीको गतिविधिबारे अनुसन्धान गर्दै आउनु भएको छ ।

मनसुनको अवधि पनि धकेलिएर असोजसम्म पुग्ने गरेको बताउँदै उहाँले भन्नुभयो–‘हिउँदमा ढिलै गरी पानी त पर्छ, तर मेघ गर्जन सहित पर्नुपर्ने पानी र त्यस्तो लक्षण हिजो–आज निकै घटेको छ ।’ सवारी साधन र उद्योग कलकारखानाबाट निस्कने प्रदुषित वायुले पनि मौसमी चक्रलाई प्रभावित बनाउँदै समय अगावै हिमालय श्रृखंलामा हिउँ पग्लिने गरेको शाक्यको बुझाई छ ।

मौसमविद्हरुका अनुसार मार्च, अप्रिल र मे महिना ‘प्री मनसुन’ अर्थात् मनसुन पूर्वाद्धको समय हो । जुन दोस्रो सातादेखि सेप्टेम्बर चौथो साता नेपालका लागि सक्रिय मनसुन अवधि हो भने नोभेम्बर महिना मनसुन उत्तराद्र्ध अर्थात् ‘पोस्ट मनसुन’ अवधि हो । नेपाल सहित समग्र दक्षिण एसियाली भेगको मनसुन, हिउँदे झरी र त्यस अघिपछिको वर्षालाई प्रशान्त महासागरमा विकास हुने मौसमी प्रकृयाले प्रभावित बनाउँदै आएको छ ।

सो सागरको पानी औसत भन्दा धेरै तात्ने प्रकृया ‘एलनिनो’ र औसत भन्दा धेरै चिसो हुने प्रकृया ‘ल्यानिना’ले वर्षाको गतिविधी प्रभावित हुने गर्छ । ल्यानिना सक्रिय हुँदा हिउँदे वर्षा र मनसुन औसत भन्दा बढी सक्रिय बन्ने र एलनिनो सक्रिय हुँदा त्यस विपरित औसत वर्षा कम हुने मौसमविद् शाक्यले बताउनुभयो । सन् २०१४ देखि सक्रिय बनेको एलनिनो सन् २०१७ को अन्तिममा निस्कृय बनेको र ल्यानिनाको अवधि पनि ४-५ वर्ष जारी रहने विश्व मौसम संगठन ९डब्लुएमओ०ले जनाएको छ ।

यसपटक डिसेम्बर महिनामा धनकुटामा मात्रै हिउँदे वर्षाले औषत मात्रा नाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ ।
त्यसैगरी जनवरीमा पूर्वी भेग बाहेक मध्य र पश्चिमी भू–भागका केही स्थानमा औसत र औसत भन्दा बढी वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

‘फेब्रुअरीको मध्य अवधिसम्ममा धेरै स्थानमा औसत भन्दा बढी नै वर्षा भएको छ, उहाँले भन्नुभयो–‘फेब्रुअरीमा त धेरै ठाउँको औषत वर्षा ३ सय प्रतिशतको हाराहारीमा पुगेको छ ।’ यो खबर आजको समाचारपत्रमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top